Logo

Breaking News 1

टोपबहादुर रायमाझीका छोरा बुटबलबाट पक्राउ



काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

उनी बुधबार बुटवलमा पक्राउ परेको र बिहीबार काठमाडौं ल्याउने तयारी भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर पैसा असुलेको आरोपमा उनी पक्राउ परेका हुन् ।

यही प्रकरणमा छानविन गर्न टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको आरोप लागेको छ ।

यही प्रकरणमा प्रहरीले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : २३ बजे