नोम पेन्ह । कम्बोडिया नेपालमा सिधा हवाई सेवा सञ्चालनका लागि इच्छुक देखिएको छ। कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुसेनले नेपालसम्म सिधा उडानका विषयमा इच्छा जाहेर गरेका हुन् । कम्बोडियाको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको शिष्टाचार भेटका क्रममा प्रधानम्नत्री हुसेनले सिधा हवाई उडानको सम्भावनाबारे चासो राखेका हुन्। प्रधानमन्त्री हुसेनले द्वन्द्व र शान्तिप्रक्रियाको अनुभवहरु आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिनाले दुई तिहाईभन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको बिकास हुने धारणा राखे । ‘नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्त्वपूर्ण गन्तव्य हो । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भइ सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ,’ अध्यक्ष तिमिल्सिनाले भने । कम्बोडियाका प्रधानमन्त्री हुनसेनले सिधा हवाई सेवा सञ्चालनका विषयमा आफ्नो देश सकारात्मक रहेको बताए ।
गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अबस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने बिश्वास प्रधानमन्त्रीले व्यक्त गरे। नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका, भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षिय सम्बन्धलबिस्तारमा पनि जोड दिइएको छ ।
प्रतिक्रिया