Logo

समाचार

कांग्रेस नेता चन्द्र भण्डारी अस्पताल भर्ना



काठमाडौँ । ग्याँस विस्फोट भएर घाइते भएका कांग्रेस सांसद डाक्टर चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।

काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनी भर्ना भएका हुन् । भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीले थप उपचार नेपालमै गर्ने बताएका थिए ।

शरीरमा सङ्क्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन् । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन् ।

भण्डारीको आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ०० बजे