Logo

विश्व

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु



काठमाडौं । चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरस्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा घटना भएको हो । घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ३३ बजे