Logo

अर्थ

भारतबाट घटेर आयो इन्धनको मुल्य



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको हो ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसा घटेको छ । हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच सम्झौता छ । जसअनुसार इण्डियन आयल कर्पोरेशनले मे १ तारिखमा नयाँ मूल्य पठाएको हो ।

नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ । अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर र डिजेलमा १६५ रुपैयाँ प्रतिलिटर कायम छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : २४ बजे