Logo

मुख्य समाचार

सरकार र महावीर पुनबिच सहमति



काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ ।

सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो । सहमतिअनुसार सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न कोष स्थापना गर्नेछ ।

यस्तै कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा ६० दिनभित्र तयार हुनेछ ।

त्यस्तै पुनको नेतृत्वमा भइरहेको धर्ना लगायत सबै आन्दोलनका कार्यक्रम अन्त्य गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : २४ बजे