काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् ।
अधिकारीले आफूहरुको माग सम्बोधन नभए वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गर्ने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो ।
प्रतिक्रिया