Logo

मुख्य समाचार

ओलीले राजावादीहरुलाई मुर्ख र फटाहा भने



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई स्वार्थी, फटाहा र बुद्धि नभएकाहरु भनेका छन् ।

अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र मान्ने स्वार्थी फटाहा, मुर्ख र अज्ञानीले मात्रै मान्ने आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दावी गरे ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ०८ बजे