Logo

मुख्य समाचार

देशभर मध्यम वर्षा, अझै तिनदिन वर्षा हुने



काठमाडौँ । काठमाडौँ उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ ।

पोखरामा २३ दशमलव दुई मिलिमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम र ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले जनाएको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : १० बजे