Logo

मुख्य समाचार

पूर्वमन्त्री रिजालले दिए बाल अस्पताललाई ५० लाख



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले झापाको किओच दमक बाल अस्पताललाई ५० लाख प्रदान गरेका छन् ।

आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर भगवान कोइरालालाई चेक प्रदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको अस्पतालमा बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रूपमा रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : ०० बजे