काठमाडाैं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेल पहिले ब्याटिङ गर्दैछ । टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ । नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलसन झाको स्थानमा करण केसी स्थान बनाएका छन् ।
प्रतिक्रिया