काठमाडौं । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षकको नेतृत्वमा समिति गठन भएको छ ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ ।
पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो ।
प्रतिक्रिया