काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले ढुङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गरे ।
ओली लगायतका नेतालाई कोशी प्रदेश नामाकरण हुनुपर्ने माग गर्दै आएकाहरुले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए ।
प्रतिक्रिया