काठमाडौं । ग्याँस सिलिण्डर विस्फोट भएर भारतमा उपचाररत कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार आएको छ ।
मुम्बईमा उपचाररत डाक्टर भण्डारीको स्वास्थ्य अबस्थामा सुधार आएसँगै केही दिनमै नेपाल फर्कने बताइएको छ । भण्डारीको सचिवालयका अनुसार आगलागीबाट जलेको अनुहारमा ८५ प्रतिशत सुधार भएको छ ।
भण्डारीले बाँकी उपचार नेपालमै गर्ने भन्दै तत्काल नेपाल फर्कन चाहेपनि चिकित्सकको परामर्शका आधारमा अझै केहीदिन भारतमै उपचार हुने जनाइएको छ । सिलिण्डर विस्फोट हुँदा घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भइसकेको छ ।
प्रतिक्रिया