काठमाडौं । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ ।
आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ ।
८७ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका १० सांसद छन् । कांग्रेस माओवादीको सरकार बनेसँगै नेकपा एमाले भने प्रतिपक्षमा पुगेको छ । सरकार गठन भएपछि नेकपा एमालेले शसक्त प्रतिपक्षको भूमिका खेल्ने बताएको छ ।
प्रतिक्रिया