Logo

मुख्य समाचार

बामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहश नोट



काठमाडौं । नेकपा एमाले छाडेका नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले बहश नोट मगाउने आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नु कानूनविपरित भन्दै अधिवक्ता दिनेश त्रिपाठी र बद्रिराज भट्टले सर्वोच्चमा रट दायर गरेका थिए ।

जुन रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ भएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले बहस नोट मगाउने आदेश दिएको हो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ३० बजे