Logo

Breaking News 1

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको गलत दाबी गर्नेमाथि छानविन गर्न समिति गठन



काठमाडौं । सोमबार राती काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको दाबी गर्ने फ्लाई दुबईलाई थप कारबाही हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार छानविन गरेर कार्बाही सिफारिस गर्न दुई सदस्यीय कमिटि समेत गठन भएको छ । एकजना पाइलट र अर्को एकजना एरोनटिकल इन्जिनियर समावेश भएको कमिटि गठन भएको बताइएको छ ।

गलत सूचना दिदै चरा ठोक्किएको दाबीसहित फ्लाई दुबईले सार्वजनिक गरेका विषयमा नागरिक उड्डयन प्राधिकरणले दुबईको सिभिल एभिएसन अथोरिटीसँग समेत सम्पर्क गरेको थियो । त्यसपछि फ्लाई दुबईका नेपालस्थित कन्ट्री म्यानेजर र एयरपोर्ट स्टेसन म्यानेजरको एयरपोर्ट प्रवेश पास निष्क्रिय बनाउँदै स्पष्टीकरण सोधेको छ ।

थप कारबाहीका लागि छानविन समिति गठन गरेको प्राधिकरणले समितिले दिएको प्रतिवेदनका आधारमा दुबईको सिभिल एभिएसन अथोरिटिीसँग समन्वय गरेर कारबाहीको गर्ने तयारी थालेको हो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ३२ बजे