Logo

मुख्य समाचार

जग्गा कित्ताकाटसम्बन्धी विषय अर्थ तथा प्रशासन समितिमा पठाउने सरकारको निर्णय



काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले फास्ट ट्रयाकका निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको समेत उनले जानकारी दिए । मन्त्री ज्वालाले जग्गा कित्ताकाट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ४० बजे