काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ३३ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।
लामिछाने नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मत अन्तरले अगाडि छन् ।
पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ४१ हजार ५ सय ४ मत र श्रेष्ठले ७ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया