काठमाडौं । काठमाडौ विमानस्थलबाट उड्नेबित्तिकै इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतिर लागेको छ ।
फ्लाई दुबईको एफ–जेट ५७५ जहाज सोमबार राति ९ बजेर २१ मिनेटमा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको थियो । तर केही मिनेटमै इन्जिनमा आगो लागेको थियो।
सु्रक्षित रुपमा गन्तव्यतिर लागेको भन्दै पर्यटनमन्त्री सुदन किराँतीले भनेका छन्, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’
यता दबईको जहाज गन्तव्यतर्फ उडेपछि त्रिचुवन अन्तर्राष्ट्रिय विमानस्थल सूचारु भएको छ । विमानको दायाँ इन्जिन फेल भएपनि अर्को इन्जिनले काम गरेको भन्दै पाइलटले गन्तव्यतर्फ उडान भर्ने जानकारी विमानस्थललाई दिएको बताइएको छ ।










प्रतिक्रिया