Logo

Breaking News 1

तनहुँ १ मा स्वर्णिमले कटाए १० हजार मत, अग्रता बढेर ५२ सय नाघ्यो



काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन्। १३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनाललाई वाग्लेले फराकिलो मतले पछि पारेका हुन्।

सोमबार बिहान १० बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले १० हजार २५९ मत ल्याइसकेका छन्। आइतवार राति गणना भएदेखि अग्रता बनाएका वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईसँगको मतान्तर बढाएर ५२५६ पुर्‍याएका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन्। अहिले गोविन्दलाई स्वर्णिमले ५२ हजार ५६ मतले पछि पारेका छन्। त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५९ मत ल्याएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ १३ वटा वडाको १८ हजार ६६१ मतगणना भइसकेको छ। तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : २३ बजे