काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि सबैजना सजग हुनुपर्ने बताएका छन् ।
लोकतन्त्र दिवसको शुभकामना दिदै सभापति देउवाले लोकतन्त्रमा मात्रै सबैको अधिकार सुनिश्चित हुने भएकाले रक्षा गर्न सबै सजग हुनुपर्ने बताएका हुन् ।
विज्ञप्ती जारी गर्दै सभापति देउवाले भनेका छन्,‘ लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन म आग्रह गर्दछु ।’
सभापति देउवाले लोकतन्त्रलाई कमजोर हुन नदिने समेत बताएका छन् । विक्रम सम्बत् २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको भन्दै सभापति देउवाले सबैलाई शुभकामना समेत दिएका छन् ।
प्रतिक्रिया