Logo

मुख्य समाचार

चितवनमा मतगणना शुरु हुन सकेन



काठमाडौं । नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे दिएको उजुरी बारे निर्णय नभएसम्म चितवन– २ मा मतगणना गर्न नदिने बताएको छ ।

मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्दै कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

लामिछानेले आचारसंहिता विपरीत १२ बटा गाडी प्रयोग गरेको, मतदान केन्द्रमा नारावाजी गरेको र त्यसलाई प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको आरोप कांग्रेसले लगाएको छ ।

कांग्रेसले उजुरीका सम्वन्धमा पहिला निर्णय लिन अन्यथा गणनाको काम अगाडि बढ्न नसक्ने जानकारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ । जसका कारण सर्वदलीय बैठक सकिएको भएपनि मतगणनाको काम भने शुरु हुन सकेको छैन ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : २९ बजे