काठमाडौं । इजरायलमा प्रस्तावित न्यायिक प्रणाली परिमार्जन र प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुको विरोधमा हजारौंले प्रदर्शन गरेका छन् ।
इजरायलको तेल–अभिवलगायत अन्य शहरहरुमा भेला भएका हजारौं सर्वसाधारणले नेतान्याहुको तस्बीरमा ‘क्राइम मिनिष्टर’ लेखेको विशाल ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
नेतान्याहुको सरकारले देशको सर्वोच्च अदालतलाई कमजोर बनाएको र यसले देशको लोकतन्त्र खतरामा पर्ने भन्दै गरिएको विरोध प्रदर्शनमा नेतान्याहुको राजीनामा माग गरिएको छ ।
प्रतिक्रिया