काठमाडौं । देशका तिन निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मतदान शुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । तनहुँ, बारा र चितवनमा चुनाव हुन लागेको हो । चितवन–२ का तत्कालिन सांसद रवि लामिछानेको नागरिकता प्रकरणले सांसद पद गुमेको थियो ।
यता तनहुँबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति र बाराबाट चुनाव जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दुबै स्थान रिक्त थियो । निर्वाचन आयोगका अनुसार चुनाव सकिएपछि मतपेटिका संकलन गरेपछि मतगणना समेत शुरु हुनेछ ।
आयोगले चुनावका दिन हुनसक्ने हुलहुज्जत र असामाय परिस्थिती सिर्जना गर्न खोज्नेलाई तत्काल कारबाही गर्न निर्देशन समेत दिइसकेको छ । यस्तै मतदातालाई प्रभावित पार्ने गतिबिधि गरे तत्कालै कारबाही गर्ने व्यवस्था मिलाएको समेत आयोगले जनाएको छ ।
प्रतिक्रिया