काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरुले सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।
नेकपा स्थापना दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुई तिहाईको अवस्थामा पुर्याएको भएपनि प्रचण्ड–माधव नेपालहरुले सस्तोमा विकेर त्यसलाई ध्वस्त बनाएको बताएका हुन् ।
अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दावी समेत गरे । अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट पार्टीको झण्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गरे ।
प्रतिक्रिया