Logo

Breaking News 1

गण्डकी प्रदेश सरकार ढल्यो



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । अधिकारीले उक्त प्रस्ताव शनिबार बसेको प्रदेशसभा बैठकमा पेस गरेका थिए ।

उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उनलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए ।

६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्छ । प्रदेशसभाका कांग्रेसका सबैभन्दा धेरै २७ सिट छ । एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

एमाले संसदीय दलका नेता अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भई पुस २९ मा विश्वासको मतसमेत लिएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : ०४ बजे