Logo

धर्म / संस्कृति

यस्तो छ आजको राशीफल



आज मिति २०८० साल वैशाख ९ गते शनिवार तदनुसार ईसं २०२३ अप्रिल २२ तारिख
यस्तो छ आजको राशीफल
मेष –
अध्ययनप्रतिको रुची बढ्नेछ । प्रतिस्पर्धामा सफल हुनसकिने छ । महत्त्वपूर्ण काममा सफलता पाइने सम्भावना छ ।

बृष –
घुमघामको अवसर मिल्नसक्छ । तर ससाना कुरामा विवाद आउनसक्छ । सामाजिक क्षेत्रबाट सहयोग मिल्नेछ । कामबाट हौसला पाइनेछ ।

मिथुन –
व्यस्तता र दौडधूप बढ्नेछ । धन खर्च बढ्नसक्छ । सञ्चित धन खर्च हुनसक्नेछ ।

कर्कट –
लक्ष्यप्राप्ति हुनेछ । सम्बन्धमा प्रगाढता बढ्नेछ । समस्या समाधान हुनेछ ।

सिंह –
धन बढ्नेछ । परीक्षामा सफल भइनेछ ।

कन्या–
धर्मकर्ममा मन जानेछ । मानसम्मान पाउने समय छ । परिश्रमअनुसारको फल पाइनेछ ।

तुला –
आपसी सम्बन्धमा समस्या आउनसक्छ । चिन्ता बढ्नसक्छ र लेनदेनमा विवाद बढ्नसक्छ ।

बृश्चिक –
पढाइमा ध्यान जानेछ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नेछ । पदीय जिम्मेवारी बढ्ने र अवसर प्राप्त हुने सम्भावना रहेको छ ।

धनु –
रिसराग बढ्ने समय हो । सहकर्मीका बिचमा अविश्वास बढ्नसक्छ ।

मकर –
नयाँ ज्ञान सिक्ने अवसर पाइनेछ । काममा सफलता मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनसक्छ ।

कुम्भ –
सानातिना बाधा अवरोध आउनसक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभकार्यको समाचार आउनसक्छ ।

मीन –
धार्मिक र सामाजिक काममा सहभागी हुन पाइनेछ । प्रतिभाको कदर हुनेछ । काममा थप जिम्मेवारी प्राप्त हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ०० बजे