काठमाडौं । अमेरिकाले युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ ।
प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अन्तरराष्ट्रिय मुद्रा कोष र विश्व बैंकका प्रमुखहरूलाई विश्वभर रहेको रुसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया