काठमाडौं । आइतबार हुने उपनिर्वाचनको अन्तिम प्रचार प्रसार बिहीबार राति १२ बजेपछि सकिँदैछ ।
बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको प्रचार प्रसार बिहीबारसम्म मात्र गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
बैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहिबार राति १२ बजेदेखि सुरु हुने आयोगले जनाएको छ । मतदान सुरु हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारलाई १२ बजेसम्म मात्र प्रचार प्रसारको समय रहेको हो । मौन अवधि सुरु भएपछि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया