Logo

मुख्य समाचार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी



काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी शुरु भएको छ ।

छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भइरहेको जनाइएको छ ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी भएको हो । राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारत लगिने विषयमा छलफल शुरु भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ५२ बजे