Logo

Breaking News 1

रवि लामिछाने गृहमन्त्री हुँदा भएको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय खारेज



काठमाडौं । राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनेगरी भएको निर्णयलाई सरकारले खारेज गरिदिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको समयमा भएको निर्णय खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रका विवरण रुजु गर्ने जिम्मेवारी निजी कम्पनीलाई दिने गरी कार्यविधि जारी गरेका थिए । सोही कार्यविधिका आधारमा एड्भान्टेज इन्टरनेसनल प्रालिले इजाजत पाएको थियो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको भारत भ्रमणको विषयमा पनि छलफल भएको छ । ती मन्त्रीका अनुसार आन्तरिक रूपमा भारत भ्रमणको मिति तय भइसकेको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : १३ बजे