Logo

मुख्य समाचार

ढाकाकुमार श्रेष्ठ पुनरावेदनमा गए



काठमाडौं । आफूलाई साधारण सदस्य र संघीय सांसदबाट निष्कासित गर्ने निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठ पुनरावेदनमा गएका छन् ।

पार्टी केन्द्रीय कमिटीले आफूलाई साधारण सदस्यबाट पनि निष्कासित गरेपछि त्यसविरुद्ध सफाइका लागि उनी आइतवार पुनरावेदनमा गएका हुन् । कारबाही घोषणाका क्रममा सभापति रवि लामिछानेले पनि ढाकालाई पुनरावेदन सुविधा हुने बताएका थिए ।

रास्वपा पुनरावेदन समितिमा विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहोरा रहेका छन्। यसअघि डा. भरतमणि देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा उनले लिखित स्पष्टीकरण बुझाएका थिए ।

त्यही समितिको सिफारिसका आधारमा रास्वपाले श्रेष्ठको सांसद पद खोस्दै पार्टीबाट पनि निष्कासन गरेको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : १९ बजे