काठमाडौं । नबिल बैंकका सिइओ ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् ।
बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सिइओ ढुंगानालाई ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरेका हुन् ।
बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव बटुलेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएर काम गरिसकेका छन् ।
त्यसअघि एनसीसी बैंकका महाप्रबन्धक रहेका उनी राष्ट्र बैंकको निर्देशक पदबाट राजीनामा दिएर निजी बैंकमा काम गर्न थालेका हुन् ।
प्रतिक्रिया