Logo

खेलकुद

आइपीएलमा पन्जावसँग लखनउ पराजित



काठमाडौं । आइपीएल क्रिकेटमा पन्जाब किङ्सले लखनउलाई पराजित गरेको छ ।

लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो ।

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गरेको हो ।

जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ । पन्जाब चौंथो स्थानमा उक्लिएको छ । लखनउ समान अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ५४ बजे