काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या गरिएको छ । पत्रकार बनेर आएका आक्रमणकारीले प्रहार गरेर उनीहरुको हत्या गरेका हुन् ।
प्रहरी हिरासतमा रहेका उनीहरुलाई कानुनी प्रक्रिया पूरा गर्न अस्पताल लैजाँदै गरिएको अवस्थामा उक्त घटना भएको हो । पत्रकारसँग कुरा गरिरहेको अवस्थामा पत्रकार बनेर आएका आक्रमणकारीले एक्कासी गोली चलाएको भिडियोमा देखिएको छ ।
घटनामा एक प्रहरी पनि घाइते भएका छन् भने एक पत्रकार सामान्य घाइते भएको जनाइएको छ ।
घटनाका बारेमा छानविन गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय बैठक समेत बोलाएका छन् ।
प्रतिक्रिया