काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गरे ।
नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।
यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थिए ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।
प्रतिक्रिया