काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारको तयारी शुरु गरेका छन् ।
आज बिहान बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री दाहालले कांग्रेसबाट सरकारमा सहभागी हुने ४ जना मन्त्रीको नाम मागेका हुन् ।
कांग्रेसको भागमा परेका ८ मध्ये चार वटा मन्त्रालय स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन ।
कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । कांग्रेसका तर्फबाट मन्त्रीको सूची नपाएकै कारण प्रधानमन्त्री दाहालसँग ६ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ ।
प्रतिक्रिया