काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले भाषण गरिरहेको समयमा एउटा विस्फोटन भएको छ ।
देशको पश्चीमी शहर वाकायाममा शनिवार बिहान किशिदाले भाषण गरिरहेका बेला उक्त घटना भएको हो । घटनाबारे पुर्ण जानकारी आइसकेको छैन । प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो ।
जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको वीवीसीले जनाएको छ ।
प्रतिक्रिया