काठमाडौं । इलाममा नयाँ वर्षको अवसरमा भएको महोत्सवमा भागदौड मच्चिदा एकदर्जन बढि व्यक्ती घाइते भएका छन् ।
गायक प्रमोद खरेल सहभागी सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनभन्दा बढि घाइते भएका छन् ।
इलामको टुंडिखेलमा शुक्रबार साँझ भएको सांगितिक कार्यक्रममा गेटबाट छिर्ने क्रममा भागदौड मच्चिदा घाइते भएको जनाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल इलाममा उपचारका लागि ल्याइएको छ ।
यसअघि धनकुटा महोत्सवमा पनि गायक प्रमोद खरेलको कन्सर्ट हेर्न पुगेकाहरू अनियन्त्रित भीडमा परेर २५ बढी घाइते भएका थिए ।
प्रतिक्रिया