Logo

धर्म / संस्कृति

कस्तो छ आजको राशीफल ?



आज मिति २०८० साल बैशाख २ गते शनिबार । आजको राशीफल कस्तो छ ?
मेष–
कडा परिश्रमपछि मात्र सफलता पाइने समय छ । कार्यक्षेत्रमा सफलता पाउन मेहनत गर्नुपर्ला । पुरस्कार पाउनसक्ने योग छ ।
बृष–
आज फुर्सद निकाल्न समस्या हुनेछ । कुनै व्यक्तीको आकस्मिक सहयोग पाउन सकिनेछ । धार्मिक कार्यमा संलग्न हुनुपर्ला ।

मिथुन–
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ । स्वास्थ्यस्थिति कमजोर बन्नसक्छ । आज कसैको बहकाउमा नपरेकै राम्रो हुनेछ ।

कर्कट–
नौलो कामको जिम्मेवारी पाउन सकिनेछ । पार्टनरसँगको सम्बन्धमा मधुरता आउनेछ ।

सिंह–
आयस्रोत बढ्नसक्छ । कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष आउनसक्छ । काममा सफलता पाउन धेरै मेहनत गर्नुपर्ला ।

कन्या–
पारिवारिक सुख पाउन सकिन्छ । दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पढाइप्रति रुची बढ्नेछ । अतिरिक्त पैसा पाउन सकिनेछ ।

तुला –
तनाव कम हुनसक्छ । कारोबारमा बाधा आउनसक्छ । तर प्राविधिक क्षेत्रमा रहेकाहरुलाई भने कारोबारमा लाभ पाउन सक्नेछन् ।

बृश्चिक–
अरुका काममा धेरै खट्नुपर्ला । ज्ञान र क्षमतामा बृद्धि हुनेछ । आफुभन्दा माथिल्लो व्यक्तीबाट पाइने सहयोगले काम बन्नेछन् ।

धनु–
आर्थिक पक्ष सुदृढ रहनेछ । आम्दानीमा बृद्धि हुनेछ । बोली र कामको कदर हुनेछ । नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिनेछ ।

मकर–
आपसी भेटघाट र मेलमिलापको समय रहेको छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्ग सिर्जना हुनेछ । आर्थिक क्षेत्रमा सफलता पाउन सकिनेछ ।

कुम्भ–
तनाव बढ्नसक्छ । लगानी जोखिममा पर्नसक्छ । व्यवसायीक क्षेत्रमा लाभ हुनसक्छ । तर सञ्चित धन खर्च गर्ने अबस्था बन्नसक्छ ।

मीन–
क्षमता र प्रतिभाअनुसार अवसर मिल्नसक्छ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुनेछ । आम्दानीको नयाँ स्रोत पत्ता लाग्नेछ । प्रेम सम्बन्ध मजबुत बन्नसक्छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ६ : ०० बजे