काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाप्रसाद श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गर्दै उनको सांसद पद समेत खारेज भएको छ । केन्द्रीय समितिको बैठकले अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा सहयोग गर्ने निर्णय समेत गरेको छ ।
सांसद श्रेष्ठको पद गएपछि उनको स्थानमा विन्दबासिनी कंसाकारलाई सांसद निर्वाचित गरेर निर्वाचन आयोगलाई त्यसको जानकारी दिने निर्णय समेत केन्द्रीय समितिले गरेको छ ।
प्रतिक्रिया