Logo

मुख्य समाचार

मतदान समय सकियो, बेलुका ८ बजेदेखि मतगणना हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि भएको मतदान समय सकिएको छ । प्रज्ञा प्रतिष्ठानमा भएको मतदान साँझ ६ बजे सकिएको हो । बिहान १० बजे सुरु भएको मतदानमा जिल्ला नगर र वस्तुगततर्फ शतप्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले जानकारी दिए । एसोसिएटतर्फ भने एकिन तथ्यांक आएको छैन ।

तीन उपाध्यक्षका उमेदवारसँग छलफल गरी बेलुका ८ बजेदेखि मतगणना गरिने पनि उनले बताए । पहिलो चरण्मा वस्तुगततर्फका सदस्यबाट मत गन्न सुरु गर्ने उनले जानकारी दिए ।

महासंघमा कूल एक हजार ९८८ मतदाता छन् । जसमा वस्तुगततर्फ १२३ मतदाता छन् । उद्योग वाणिज्यतर्फ ११७ र एसोसिएटतर्फ एक हजार ७४८ मतदाता छन् । निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ५० बजे