काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।
मुम्बईले मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । लिगमा दिल्लीको भने लगातार चौथो हार हो ।
अरुण जेट्ली रङ्गशालामा सम्पन्न खेलमा दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९.४ ओभरमा सबै विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको थियो ।
जितसँगै तीन खेलबाट दुई अङ्क जोडेको मुम्बई आठौँ आठौँ स्थानमा छ । चार खेल खेल्दा पनि अङ्कविहीन दिल्ली तालिकाको पुछारमा छ ।
आइपिएलमा आज चेन्नेइ सुपर किङ्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिक्रिया