Logo

मुख्य समाचार

रास्वपाको अनुशासन आयोगको बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले चिन्दै नचिनेको प्रसाईसँग कसरी पैसा मागिन्छ ? भन्ने तर्क गर्दै आएका छन् ।

उता, सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै जनाई सकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ०३ बजे