Logo

मुख्य समाचार

एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल



काठमाडौं । टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति चयन भएका छ ।

गत चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन । बिमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन ।

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।  यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिको नयाँ नेतृत्वमा आएका छन भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन  भएको सुजिता शाक्यले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ४४ बजे