बारा । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा २ को उपनिर्वाचनको उम्मेदवार रहेका रमेश खरेलले बाराका समुदाय साम्प्रदायिकतामा विश्वास नगर्ने दाबी गरेका छन् । बाराका यादव समुदायकै मत पाएर आफू निर्वाचित हुने उनको दाबी छ ।
आज बारामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिलाई समाजसेवामा बदल्ने अठोटका साथ राजनीतिमा प्रवेश गरेको दाबी गरे । उनले आफू निर्वाचित भएपछि रास्वपाका कार्यकर्तालाई पनि बारा २ को जनसेवामा परिचालन गर्ने बताए ।
निर्वाचित भएपछि आफ्नो सम्पर्क कार्यालय बारा २ नै राख्ने उनले प्रतिबद्धता जनाए । उनले भने बारा जिल्ला मेरो लागि नौलो होइन, यहाँको समस्याबारे म जानकार छु । यो क्षेत्रमा शिक्षा, स्वास्थ्य र सुशासन कायम गर्नु मेरो पहिलो प्राथमिकतामा पर्छन् ।
प्रतिक्रिया