Logo

समाचार

सहिद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन



काठमाडौं । सहिद प्रष्ठिान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छन् । प्रतिष्ठानको १३औं साधारणसभाबाट चापागाईंको अध्यक्षतामा सात सदस्यदीय नयाँ कार्य समिति चयन गरिएको हो ।

जसमा उपाध्यक्ष हेमराज शर्मा, महासचिव युवराज चौलागाईं, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन् । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी छ ।

प्रतिष्ठानमातहत देशका विभिन्न स्थानमा सहिदस्मृति आवासीय विद्यालय सञ्चालनमा छन् । साधारणसभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिँदै विद्यालयहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

साधारणसभाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ३७ बजे