काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोलिरहेका नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई सभामुखले रोकेका छन् । उनले आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोकेका हुन् ।
बलायरले बैठकमा सुदुरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् । आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले बलायरलाई सभामुखले बिचैमा रोेकेका हुन् ।
प्रतिक्रिया