Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५२ पैसा र बिक्री दर १४३ रूपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : १३ बजे